२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा

अ+ अ-

चीन । एयर चाइनाले चीनको राजधानी बेइजिङबाट रोमानियाको बुखारेस्ट र क्रोएसियाको जाग्रेब जोड्ने गरी नयाँ सिधा हवाई उडान शुरु गरेको छ । शुक्रवार भएको उद्घाटन उडानसँगै लामो समयदेखि स्थगन रहेको चीन–रोमानिया हवाई सेवा पुनः सञ्चालनमा आएको छ भने क्रोएसियासँग चीनको पहिलोपटक सिधा हवाई सम्पर्क स्थापित भएको छ । 

‘सीए९१३’ र ‘सीए९१४’ उडान नम्बर रहेको यस मार्गमा बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टबाट उडान शुरु हुनेछ । बुखारेस्टमा विश्राम (स्टपओभर) गरी उक्त विमान क्रोएसियाको जाग्रेब पुग्ने तालिका निर्धारण गरिएको छ । 

कम्पनीका अनुसार साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडानहरू सञ्चालन हुनेछन् । शुरुवाती चरणमा यस रुटका लागि एयरबस ‘ए३३०’ विमान प्रयोग गरिने जानकारी दिइएको छ । 

रोमानियाको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्र मानिने बुखारेस्ट बाल्कन क्षेत्रकै बढी जनसंख्या भएको शहरमध्ये एक हो । त्यस्तै, ११ औँ शताब्दीदेखिको ऐतिहासिक विरासत बोकेको जाग्रेब क्रोएसियाको प्रमुख पर्यटकीय र आर्थिक केन्द्रका रूपमा परिचित छ । शुक्रवार आयोजित उद्घाटन समारोहमा बोल्दै रोमानियाको परराष्ट्र मन्त्रालयका विश्व मामिला महानिर्देशक कालिन मित्रिले वर्तमानको जेलिएको विश्व अर्थतन्त्रमा सिधा हवाई सम्पर्क यातायातको सुगमता मात्र नभई अन्तर्राष्ट्रिय सहयोगका लागि बलियो आधार भएको बताए । 

उनले यो नयाँ मार्गले विमानस्थल विकास, डिजिटल रूपान्तरण, दक्ष जनशक्ति उत्पादन र नयाँ प्रविधिको प्रयोगमा दुवै पक्षबीच अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे ।

रोमानियाका लागि चिनियाँ राजदूत चेन फेङले चीन र रोमानियाबीच नियमित सिधा यात्री उडान पुनः शुरु हुनु दुवै देशका जनताको साझा चाहना र लामो समयदेखिको संयुक्त प्रयासको परिणाम भएको बताए । 

त्यस्तै, चिनियाँ दुतावासका कार्यवाहक राजदूत झोउ सियाङले यस हवाई मार्गले दुई देशका राजधानीलाई मात्र नभई दुई देशका जनताको मनलाई समेत जोड्ने बताए । उनले यस उडानको सफलतासँगै चीन र रोमानियाबीचको मित्रता र सहयोग आगामी दिनमा अझ प्रगाढ हुने आशा व्यक्त गरे । 

0 Comments