रोल्पा । गए राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिद मार्ग मा यातायात सेवा अवरुद्ध भएको छ ।
रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका-१ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरू बीच सडकमा नै रोकिएका छन् ।






