२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’ : मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

कैलालीको धनगढीमा आज आयोजित १८औँ मुक्त हलिया दिवसका अवसरमा ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनर्स्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त हलियाको पुनर्स्थापनालाई राहत वितरणमा मात्र सीमित नगरी दीर्घकालीन समाधानतर्फ अघि बढाउनुपर्ने बताए ।

 वास्तविक पीडित मुक्त हलियाका समस्या र मागप्रति प्रदेश सरकार गम्भीर तथा जबाफदेही रहेको उल्लेख गर्दै उनले उनीहरूको पीडाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताए। 

मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नुको कारणबारे गम्भीर समीक्षा गरी आगामी दिनमा ठोस योजना र परिणाममुखी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए। समस्या समाधान हुन नसक्नुमा राज्य पक्ष वा सम्बन्धित संघसंस्थामध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको उनको भनाइ थियो । 

“समस्या समाधानका लागि विगतको समीक्षा गर्दै कमजोरी पहिचान गर्नुपर्छ । त्यसबाट निष्कर्ष निकालेर मुक्त हलियाका समस्या समाधानतर्फ ठोस रूपमा अघि बढ्नुपर्छ”, मुख्यमन्त्री भट्टले भने, “मुक्त हलियाको दिगो पुनर्स्थापनाका लागि आवास, शिक्षा, रोजगारी, जीविकोपार्जन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

मुक्त हलियाको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने गरी पुनर्स्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार, स्थानीय तह, सम्बन्धित संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री भट्टले उल्लेख गरे । 

कार्यक्रममा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारी, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवरलगायतको सहभागिता रहेको थियो ।  

0 Comments