२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसंघको ८१औँ महासभा सुरु: ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

अ+ अ-

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा मंगलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ ।

‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे । 

सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनिभूत एवं प्रभावकारी ढंगबाट छलफल एवं विचारविमर्श भई विश्वव्यापी समस्या सम्बोधन गर्न अहिलेको ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे । 

त्यसैगरी, दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग, वहुपक्षीय हितका लागि राष्ट्रसंघको पुनर्संरचनालगायतका विषयमा पनि महत्त्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे ।

महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गर्नुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसंघको ध्यान जानुपर्ने धारणा व्यक्त गरे । 

जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सन्दर्भमा महासभा उपयुक्त मञ्च भएको बताए । 

महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै ८१औँ महासभाले रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको उल्लेख गरेको छ । यसैगरी, महासभामार्फत संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका बारेमा काम गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।

नियोगले राष्ट्रसंघ महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेकामा बंगलादेशी कूटनीतज्ञसमेत रहेका रहमानलाई बधाई ज्ञापनसमेत गरेको छ ।

यसैबीच, मङ्लबार नेपालका तर्फबाट राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रतिफलमुखी नतिजाका लागि विकासको गति बढाउन आग्रह गरेका छन् ।

थापाले अल्पविकसित देशहरू सम्मिलित अफ्रिकन मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकका अवसरमा सो धारणा व्यक्त गरेका हुन् । कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतले सम्बोधन गर्दै नियोग प्रमुख थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनमा लचिलोपन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासका लागि वित्तीय स्रोत र प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे । 

0 Comments