२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपद् प्रतिकार्यमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँ’ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उनले बाढी प्रतिकार्यमा सरकारको बचाउ गरेका हुन् । उनले विपद्को समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने पनि बताए । 

उनले विपद्को सुरुवाती घण्टादेखि सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार, राहत र उपचारको काम अघि बढाएको बताए । उनले हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको दाबी पनि गरे । 

उनले घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकार गम्भीर भएर लागिपरेको पनि बताए । 

उनले भने, ‘यो विपद्को समयमा सरकारको भूमिकालाई सत्ता र प्रपितपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिका सुरुकै घटनामा सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, राहत र उपचारको काम शुरु गर्‍यो । हजारौँ सुरक्षाकर्मीहरू तत्काल प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो । घाइतेहरूको उद्धार र उपचार, विस्थापित परिवारको लागि अस्थायी बसोबास र खाद्यान्नको लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ । राज्यले बाढी प्रभावित नागरिकको सुरक्षा र आधारभूत आवश्यकताको पूर्ण जिम्मेवारी लिएको छ ।’

सभापति लामिछानेले बाढी प्रभावित नागरिकको सुरक्षा तथा आधारभूत आवश्यकताको पूर्ण जिम्मेवारी सरकारले लिइरहेको समेत बताए ।

0 Comments