२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो

अ+ अ-

काठमाडौँ । टर्कीको दक्षिणी पर्यटकीय प्रान्त अन्टाल्यामा भीषण डढेलो फैलिँदा धुवाँले निसास्सिएर एक जनाको मृत्यु भएको छ । तीव्र हावाका कारण आगो बस्तीतर्फ सोझिएपछि अधिकारीहरूले कम्तीमा २५० घर खाली गराएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अक्सु जिल्लाका एक बासिन्दाको डढेलोको बाक्लो धुवाँका कारण हृदयाघात भएर ज्यान गएको हो । अक्सुका मेयर इसा यिल्दिरिमले ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

सोमबार साँझ अक्सुको वनक्षेत्रबाट सल्किएको डढेलो हुरी बतासका कारण छिमेकी केपेज जिल्लासम्म फैलिएको थियो । आगो नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले दुवै जिल्लाका जोखिमयुक्त बस्तीबाट नागरिकलाई सुरक्षित स्थानमा सारेको छ । डढेलो नियन्त्रणमा लिन मंगलबार बिहानैदेखि ठूलो संख्यामा हवाई र स्थलगत टोली परिचालन गरिएको छ । आगो निभाउन ५ वटा विशेष विमान, १० भन्दा बढी हेलिकप्टर, ११० दमकलसहित ६ सयभन्दा बढी अग्निनियन्त्रक खटिएका छन् ।

आगो मानव बस्तीमा पस्न नदिन सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा पनि रातभर खटिएको स्थानीय टेलिभिजन ‘एनटिभी’ले जनाएको छ । जोखिम बढेपछि अन्टाल्यालाई छिमेकी प्रान्त इस्पार्टासँग जोड्ने मुख्य राजमार्गसमेत अस्थायी रूपमा बन्द गरिएको छ। सरकारी समाचार संस्था अनादोलुका अनुसार आगलागीका कारण प्रभावित क्षेत्रका २ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ।

अन्टाल्या सहर विश्व जलवायु सम्मेलनको तयारीमा जुटिरहेको छ । विश्वभरका राष्ट्रप्रमुख र जलवायु विज्ञहरू भेला भएर पृथ्वीको बढ्दो तापक्रमबारे मन्थन गर्ने ३१ औँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) आगामी नोभेम्बरमा यही सहरमा आयोजना हुँदैछ । फैलिरहेको डढेलोले कोप–३१ का कार्यक्रममा अशर पर्न सक्ने देखिन्छ ।

0 Comments