काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा ३ लाख २ हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।






