२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी सडक निर्माण तीव्र

अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो र बाढीका कारण अवरुद्ध सडक खण्डमा यातायात पुनः सञ्चालन गर्ने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई तीव्रता दिएको छ। सरकारले भदौ महिनाभित्रै सडक सञ्चालनमा ल्याउने गरी वैकल्पिक ट्रयाक निर्माण, पहिरो नियन्त्रण तथा सडक सफाइको काम एकसाथ अघि बढाएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा गरेको सम्बोधनका क्रममा भदौ मसान्तभित्र कृष्णभीरको सडक निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्य सार्वजनिक गरेका थिए। सोही लक्ष्यअनुसार सडक निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।

कृष्णभीरमा पहाड कटान गरी करिब २५० मिटर नयाँ सडक ट्रयाक खोल्ने काम भइरहेको छ। निर्माणलाई छिटो सम्पन्न गर्न १० वटा मेसिन र ३० जना जनशक्ति परिचालन गरिएको छ। रातको समयमा समेत कामलाई निरन्तरता दिन सशस्त्र प्रहरी बल, नेपालले निर्माणस्थलमा फ्लडलाइटको व्यवस्था गरेको छ। यसबाट दैनिक करिब १२ देखि १४ घण्टासम्म निर्माण कार्य सञ्चालन भइरहेको छ।

नयाँ ट्रयाक निर्माणसँगै सम्भावित पहिरो नियन्त्रणका लागि सडकको माथिल्लो र तल्लो दुवै भागमा आवश्यक संरचना निर्माण तथा रोकथामका काम पनि अघि बढाइएको छ। पृथ्वी राजमार्गकै अन्य पाँच स्थानमा खसेका पहिरो हटाएर सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने कामसमेत समानान्तर रूपमा भइरहेको छ।

भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक संरचना कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशी नदीमा आएको बाढीले सडकको थप भाग भासिएपछि सोही दिन सरकारी प्राविधिक तथा सम्बन्धित निकायका टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। घटनापछि प्रधानमन्त्री र पूर्वाधारमन्त्रीबीच सडकलाई तत्काल सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो।

समस्याको प्राविधिक समाधान पहिचान गर्न सडक विभाग तथा नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिक टोलीले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनका क्रममा अवरुद्ध सडक खण्डलाई तत्काल सञ्चालनमा ल्याउन कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिक उपायका रूपमा अघि सारिएको हो।

सरकारले नयाँ ट्रयाक निर्माणसँगै सडकको दीर्घकालीन सुरक्षाका लागि पहिरो नियन्त्रणका कामलाई समेत अघि बढाएकाले तोकिएको समयभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गको यातायात व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउने गरी विभिन्न स्थानमा निर्माण तथा मर्मतका काम जारी छन्।

0 Comments