२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सांसद वयकको प्रश्न : ‘ग्यासको लागी भोक भोकै लाइन कहिलेसम्म बस्नुपर्ने हो सरकार ?’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन ग्यास नपाएपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्।

काठमाडौँलगायत विभिन्न स्थानमा विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउने ग्यास नपाएर सांसदहरूलाई फोनमार्फत सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।

आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी र लापरवाहीप्रति प्रश्न उठाउँदै सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरे । पानीमा भिज्दै सिलिन्डर बोकेर ग्यासको लाइनमा बस्नुपर्ने अवस्था कहिलेसम्म रहने उनको प्रश्न छ ।

उनले जेन जेड आन्दोलनका आधारमा बनेको सरकारमाथि पनि नागरिकमा निराशा बढ्दै गएको बताए । हिजो ‘बोल्न देऊ सरकार’ भन्दै आन्दोलन गर्नेहरूले नै सरकारमा पुगेपछि प्रश्न उठाउनेहरूप्रति खबरदारीको भाषा प्रयोग गर्न थालेको उनको आरोप छ ।

संविधानले सुनिश्चित गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै व्यक्ति विशेषलाई हेरेर नभई सबै नागरिकका लागि समान रूपमा हुनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘ग्यास अभाव भएर सुत्केरी श्रीमतीलाई खानासम्म खुवाउन नसक्ने अवस्था सिर्जना भएको नैतिक जिम्मेवारी सम्बन्धित मन्त्री र सरकारको हो कि होइन ? आज काठमाडौँ लगायत स्थानमा कोठा भाडामा लिएर विभिन्न प्रयोजनले बसेका विद्यार्थी लगायत कैयौँ व्यक्तिहरूले ग्यास कतै नपाएकोले पहल गरिदिनुपर्‍यो भन्दै सांसदहरूलाई मोबाइलमा फोन गर्नुपर्ने अवस्था आउनु आपूर्ति मन्त्रीको लापरवाही र कमजोरी केले छोप्ने ? पानीमा भिज्दै सिलिन्डर लिएर विद्यार्थी र सर्वसाधारण नागरिकहरूको लाइन कहिलेसम्म भोक भोकै लागिराख्नुपर्ने हो सरकार ? सभामुख महोदय, आज यस्तो निराशाको वातावरण किन सिर्जना हुँदै छ ? हिजो बोल्न देऊ सरकार मलाई भन्नेहरू आएका आएकाहरू नै आज सरकारको नेतृत्वमा हुनुहुन्छ । आज सरकारमा प्रतिनिधिहरू प्रश्न गर्नेहरूलाई सभाबाट खबरदारीको भाषा प्रयोग गर्दै गरेको सुनियो । जनताका अगाडि कसैको झुट अभिव्यक्ति र धम्की टिक्ने छैन । खबरदार, संविधानले व्यवस्था गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै विशिष्ट व्यक्तिको अनुहार हेरेर राखिएको होइन । यो हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ ।’

उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा कैलालीका विभिन्न स्थानका ३४ जना मैलुङ खोला हाइड्रोपावरको २१६ नम्बर ड्यामबाट बेपत्ता भएको उल्लेख गर्दै उनीहरूको तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरेका छन् ।

0 Comments