२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा कानून मन्त्री गौतमले मागिन् माफी

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् । सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी मागेकी हुन् ।

उनले जेन जेड स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन् ।

मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो । मन्त्री गौतमले आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उनको जिकिर छ ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या भएको बताइन् । उनले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएकोप्रति असन्तुष्टि पनि जनाइन् ।

उनले भनिन्, ‘मैले जेनजी स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषयवस्तुहरूलाई लिएर मान्यज्यूहरूले केही प्रश्नहरू गर्नुभएको छ । जेनजी सहिदका परिवारहरूले एउटा कार्यक्रम आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा सरकारका मन्त्रीहरूलाई पनि निमन्त्रणा थियो । विभिन्न दलका नेतागणहरूलाई पनि निमन्त्रणा थियो । त्यस कार्यक्रममा मन्त्रीका हैसियतले जेनजी स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगेँ । त्यस सवालमा मलाई कानुन निर्माण चाहिँ छिटो गरियोस् । दुई तिहाइ भोट हालेर पठाएका छौँ, अब कानुन निर्माण छिटो हुनुपर्‍यो । संविधान नै संशोधन गर्नुपर्‍यो भन्ने आशयसहित प्रश्नहरू पनि मलाई आइराखेका थिए । मैले तथ्यभन्दा बाहिर गएर कुनै पनि यस्तो कुरा भनेको छैन जसले यहाँहरूको भावनामा चोट परोस् । मैले भनेको कुरा के थियो भने, प्रतिनिधिसभामा दुई तिहाइ छ । कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्रै पूर्ण हुँदैन । कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि कानुन निर्माण हुन्छ । यो कम्प्लेक्स प्रक्रिया छ । र अब यसलाई यो तथ्य हो, यसलाई राजनीतिक भाषा जसरी बनाएर व्याख्या गर्न चाह्यो त्यसरी नै व्याख्या हुन्छ जस्तो मलाई लाग्दछ । मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्‍यो भनेर कहीँ कतै त्यस्तो भाषा, शब्द प्रयोग गरेको छैन । त्यो मान्यज्यूहरूले पनि हेर्न सक्नुहुन्छ । तर मैले भनेका कुराले गर्दाखेरि मैले त्यहाँ बोलेको तथ्यले गर्दाखेरि राजनीतिक व्यक्ति हुँ । राजनीतिक व्यक्ति भएको कारणले गर्दाखेरि समाचारहरूमा पत्रकारज्यूहरूले अथवा चाहिँ सामाजिक विश्लेषकहरूले विभिन्न अर्थ लगाएर एउटा खालका सप्रसंग व्याख्यासहितका विषयहरू पनि सामाजिक सञ्जालहरूमा देखिए ।’

उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि बताएकी छन् ।

0 Comments