२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याउने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । 

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास समितिको दोस्रो सम्मेलनमा मुख्यमन्त्री भट्टले दलित समुदायमाथिको छुवाछूत अन्त्य गर्दै आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उद्देश्यले विशेष कार्यक्रम र योजना अघि बढाइने गरी तयारी भइरहेको  बताएका हुन्।

मुख्यमन्त्री भट्टले दलित तथा बादी समुदायसहित गरिब, असहाय, महिला, बालबालिका, नवयुवा र सुकुम्वासी समुदायलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको बताए । उनले प्रदेश सरकारलाई गरिब, असहाय र ‘भुइँमान्छे’ को सरकारका रूपमा स्थापित गर्ने गरी सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखेर बजेट निर्माणको भइरहेको उल्लेख गरे ।

“प्रदेशको औचित्य पुष्टि हुने गरी बजेट निर्माण गरिरहेका छौँ । बादी समुदायलगायत भुइँमान्छेको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा हामी सचेत छौँ । सामाजिक विभेद अन्त्य र सामाजिक न्यायका क्षेत्रमा विशेष योगदान पुग्ने गरी बजेट, नीति तथा कार्यक्रम बनाउँछौँ”, मुख्यमन्त्री भट्टले भने । 

देशमा अझै पनि असमानता, विभेद र छुवाछूत कायम रहेकाले यसको अन्त्यका लागि राज्यले अझ धेरै काम गर्न बाँकी रहेको मुख्यमन्त्री भट्टले बताए । दसवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने विभिन्न प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै उनले समानता, सामाजिक न्याय र सम्मानमा आधारित समाज निर्माणका लागि राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

0 Comments