२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको हनुमानढोकामा वरिष्ठ फोटो पत्रकार ताकुवाको जापानी संस्कृतिसम्बन्धी एकल फोटो प्रदर्शनी

अ+ अ-

काठमाडौँ । जापानी वरिष्ठ फोटो पत्रकार ताकुवाको जापानी संस्कृतिसम्बन्धी एकल फोटो प्रदर्शनी काठमाडौँमा आयोजना गरिएको छ ।

हरितालिका तीजको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा जापानको रथयात्रासम्बन्धी फोटो पत्रकार ताकुवाले खिचेका जापानी रथयात्रासम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको हनुमानढोकामा आयोजना गरिएको हो । 

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र जापानबीच कला तथा संस्कृति आदानप्रदान गर्ने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको बताए । उनले जापानको संस्कृति तथा परम्परा जानकारी दिने उद्देश्यले फोटो पत्रकार ताकुवालाई निमन्त्रणा गरी फोटो प्रदर्शनी आयोजना गरिएको पनि बताए । उनका अनुसार प्रदर्शनीमा जापानको सांस्कृतिक परम्परा झल्किने ३० वटा तस्बिरहरू प्रदर्शनमा राखिएका छन् । उनले आगामी दिनमा नेपाली फोटो पत्रकारका तस्बिर जापानमा समेत प्रदर्शनी गर्ने तयारी भइरहेको बताए। 

उनले भन्नुभयो, ‘आज हामीले जापानबाट आउनुभएका वरिष्ठ फोटो पत्रकार ताकुवाको फोटो प्रदर्शनी गरिरहेका छौँ । आज हरितालिका तीजको अवसर पारेर जापानको एउटा  दिवसलाई हामीले आज राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा उहाँको सोलो फोटो प्रदर्शनी भइरहेको छ । हामीले दुई मुलुकको सांस्कृतिक परम्परालाई एक्सचेन्जको रूपमा यो आयोजना गरेका हौँ । हामीले छिमेकी तथा मित्र राष्ट्रहरूको कला र संस्कृति चिनाउने तथा नेपालको कला र संस्कृति विश्व समुदायमा चिनाउनको लागि पनि हरेक वर्ष र हरेक समयमा हामी विभिन्न देशहरूका फोटो पत्रकारहरूलाई नेपालमा निमन्त्रणा गरेर यसरी फोटो प्रदर्शनी गर्न पाउँदा हामीलाई एकदमै खुसी लागेको छ । हामीले भोलिको दिनमा हाम्रो फोटो पनि जापानमा लगेर यसरी नै प्रदर्शन गर्नेछौँ । हामीले संस्कृति आदानप्रदान गरेर नै भाइचारा निर्माण गर्न सकिन्छ भनेर संस्थागत फोटो प्रदर्शनी गर्दै आइरहेका छौँ । जापानको रथयात्राका ३० वटा फोटोहरू आज हामीले प्रदर्शनीमा राखेका छौँ ।’

सांस्कृतिक आदानप्रदानमार्फत दुई देशबीचको सम्बन्ध र भाइचारा थप मजबुत बनाउन अभियानसहित राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न देशहरूमा प्रदर्शनी आयोजना गर्दै आएको बताएका छन्।

0 Comments