३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान युद्धमा आठ देशका सैन्य अधिकारीको बैठक

अ+ अ-

एजेन्सी । इरानसँग जारी युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे छलफल गर्न अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा गोप्य बैठक गरेका छन् । सहभागी सरकारहरूले सार्वजनिक नगरेको उक्त बैठक यस किसिमको पहिलो उच्चस्तरीय सैन्य भेला भएको बताइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको आयोजनामा भएको बैठकमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, कतार, जोर्डन र इजिप्टका वरिष्ठ सैन्य अधिकारी सहभागी थिए । अमेरिकी सेन्ट्रल कमान्डले मध्यपूर्वमा क्षेत्रीय सुरक्षा सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको पुष्टि गरेको छ ।

समाचार संस्था एक्सियोसका अनुसार एडमिरल कुपरले इरानबाट अमेरिकी सैन्य आधार लक्षित आक्रमण भइरहे पनि मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता गर्ने योजना नरहेको बताएका थिए । उनले हर्मुज जलघाँटी हुँदै समुद्री यातायात बढाउने अमेरिकी रणनीतिबारे समेत जानकारी गराएका थिए । इजरायली रक्षा बलका प्रमुख जनरल इयाल जमिरले विभिन्न मोर्चामा जारी सैन्य कारबाहीबारे जानकारी दिएका थिए । 

 सन् २०२० को अब्राहम सम्झौतापछि इजरायल र केही अरब राष्ट्रबीच विशेष गरी हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा सैन्य सहकार्य विस्तार भएको छ । इजरायली अधिकारीका अनुसार युएईमा ‘आइरन डोम’ प्रणाली तैनाथ गर्नुका साथै खुफिया तथा निगरानीसम्बन्धी सहयोगसमेत उपलब्ध गराइएको छ ।

 बैठकमा बाब अल–मन्देब जलघाँटीको सुरक्षा र साउदी अरेबियामाथि हुथी समूहका आक्रमणबारे पनि छलफल भएको बताइएको छ । एक्सियोसका स्रोतका अनुसार इजरायल, साउदी अरेबिया र अमेरिकी सेन्ट्रल कमान्डबीच हुथीविरुद्ध साउदी सैन्य कारबाहीमा इजरायलको सम्भावित सहयोगबारे समेत संवाद भइरहेको छ । संवादमा खुफिया तथा निगरानी सूचना उपलब्ध गराउने विषय समावेश हुन सक्छ ।

0 Comments