काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले प्राविधिक सेवा, टेलिकम समूह, तह–९ को उप प्रबन्धक पदको लिखित परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ।
कम्पनीले मिति २०७८/०८/०३ मा प्रकाशित गरेको विज्ञापन नं.६३/०७८-७९ (खुला तथा समावेशी) अन्तर्गतको पदका लागि परीक्षा तालिका प्रकाशन गरेको हो। लोकसेवा आयोगद्वारा सञ्चालन हुने उक्त लिखित परीक्षा पूर्व निर्धारित पाठ्यक्रम अनुसार तोकिएका परीक्षा केन्द्रहरूमा सञ्चालन हुने आयोगले जनाएको छ ।







