३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पृथ्वीराजमार्गको अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने अवस्था छैन’ : महानिर्देशक जैसी

अ+ अ-

काठमाडौँ । सडक विभागले बाढी पहिरोका कारण क्षतिग्रस्त कृष्णभीरमा सात दिन निरन्तर काम गरेपछि बिहीबार बिहानदेखि दुवैतर्फबाट यातायात सञ्चालन गर्न सकिने अवस्था तयार भएको जनाएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले बुधबार कुरा गर्दै कृष्णभीरमा बिहीबार बिहान ६ बजेदेखि दुवैतर्फ यातायात सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा भएको जानकारी दिएका हुन्।

उनका अनुसार पछिल्लो बाढी पहिरो असाधारण स्तरको विपद् थियो। त्यसबाट पृथ्वीराजमार्गसँगै गल्छी-बेत्रावती-धुन्चे-स्याफ्रुबेँसी सडकमा समेत ठूलो क्षति पुगेको थियो।

बाढीको पहिलो दिन ठूलो क्षति नदेखिए पनि दोस्रो र तेस्रो दिन खोलाले सडकतर्फ कटान गर्न थालेपछि कृष्णभीरलगायत विभिन्न स्थानमा समस्या उत्पन्न भएको जैसीले बताए। कृष्णभीरमा यसअघि पनि पहिरोको जोखिम रहँदै आएको र पुरानो सपोर्टिङ टो-वाल खोलाले बगाएपछि यसपटक जोखिम थप बढेको उनको भनाइ छ।

समस्या देखिएलगत्तै भूगर्भविद्, जियोटेक्निकल विज्ञ तथा सडक निर्माणमा अनुभवी प्राविधिकसँग आकस्मिक छलफल गरी तत्काल आधारभूत डिजाइन तयार पारेर काम अघि बढाइएको विभागले जनाएको छ। उपलब्ध स्रोतसाधन परिचालन गरी काम थालेको सात दिनमै सडकलाई सुरक्षित अवस्थामा ल्याउन सफल भएको जैसीले बताए।

पृथ्वीराजमार्गको अलाइनमेन्ट परिवर्तन नहुने
बाढी पहिरोका कारण पृथ्वीराजमार्गको दीर्घकालीन अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था नरहेको महानिर्देशक जैसीले स्पष्ट पारेका छन्।

तर पछिल्लो विपद्ले वैकल्पिक सडकको आवश्यकता भने थप स्पष्ट पारेको उनको भनाइ छ। कृष्णभीरमा भविष्यमा पनि जोखिम दोहोरिन सक्ने भएकाले वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जैसीले बताए।

दुई साताभित्र बेत्रावती-स्याफ्रुबेँसी जोड्ने लक्ष्य
सडक विभागले बेत्रावती हुँदै धुन्चे-स्याफ्रुबेँसी सडक करिब दुई साताभित्र जोड्ने लक्ष्यसहित काम अघि बढाएको छ।

स्याफ्रुबेँसीपछि रसुवागढीसम्म सडक जोड्न स्याफ्रुबेँसीमा ल्याइने बेलीब्रिजसमेत प्रयोग गरिने जैसीले जानकारी दिए। बेत्रावतीमा बेलीब्रिज राख्ने तथा बेत्रावतीतर्फको ठूलो भीरमा भइरहेको काम सम्पन्न भएपछि रसुवातर्फको सडकलाई थप प्राथमिकताका साथ अघि बढाइने उनले बताए।

रसुवागढीतर्फको दीर्घकालीन सडक कुन तहबाट र कति लगानीमा निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन गरिने विभागको तयारी छ। त्यसमा चीनसँगको सरकारको नीतिसमेत जोडिने जैसीले बताए।

कृष्णभीरमा पुनः पहिरो गए वैकल्पिक मार्ग प्रयोग गरिने
कृष्णभीरमा पानी परेका बेला पुनः पहिरो जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक विभागले वैकल्पिक मार्गलाई तयारी अवस्थामा राख्ने भएको छ।

महानिर्देशक जैसीका अनुसार कान्ति लोकपथ, त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमा विगतमा देखिएका समस्या पहिचान गरी सुधारको काम अघि बढाइनेछ।

यसैगरी माझिटारबाट फुर्के खोलातर्फ हुँदै धादिङबेँसी जाने मार्ग, गल्छीबाट त्रिशूलीतर्फ जाने सडक तथा धुन्चेतर्फका वैकल्पिक मार्गलाई समेत प्राथमिकताका साथ अघि बढाइने विभागले जनाएको छ।

0 Comments