२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी चलखेलप्रति माधव नेपालको चिन्ता : ‘नेपाल खेलमैदान बन्न दिनु हुँदैन’

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले विदेशी शक्तिको चलखेलका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विदेशीहरूको खेलमैदान बन्न सक्ने जोखिमप्रति चिन्ता व्यक्त गरेका हुन्।

छिमेकीसँग सुमधुर सम्बन्धमा जोड
दुई ठूला छिमेकीबीच रहेको भूपरिवेष्टित मुलुक नेपालले सन्तुलित एवं सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने नेपालले बताए।

“अहिले हाम्रो देश ठूलो संकटमा छ। विदेशीहरूको चलखेल चलिरहेको छ। राष्ट्रियता संकटमा छ। हाम्रो देश कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? यो हामीलाई चिन्ता छ,” उनले भने।

छिमेकीसँग शान्तिपूर्ण सम्बन्ध कायम गर्ने नेपालको चाहनामा कसैले समस्या वा चुनौती खडा गर्न खोजे त्यसको सामना गर्ने आँट देखाउनुपर्ने उनको भनाइ छ।

राजनीतिक उपलब्धिको रक्षा गर्न आह्वान
नेपालले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताका विषयमा राजनीतिक दल तथा नागरिक समुदाय गम्भीर हुनुपर्ने बताए। यी उपलब्धि हासिल गर्न आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले तिनको संरक्षण र सुदृढीकरणको जिम्मेवारी पनि सम्बन्धित राजनीतिक शक्तिहरूकै भएको दाबी गरे।

“गणतन्त्र हामीले ल्याएका छौँ। संविधान बनाउन हामीले पहल गरेका छौँ। संघीयता हामीले ल्याएका छौँ। त्यसो भएको हुनाले संघीयताको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो,” नेपालले भनेका छन्।

उपलब्धि प्राप्त गर्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यसलाई संस्थागत, सक्षम र प्रभावकारी बनाउने दायित्वसमेत पूरा गर्नुपर्ने बताए।

विचार मिल्ने शक्तिबीच सहकार्य आवश्यक
लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताको संरक्षणका लागि समान विचार भएका तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको नेपालले बताए।

राष्ट्रिय राजनीतिमा नेकपाको महत्त्वपूर्ण भूमिका रहेको दाबी गर्दै उनले राजनीतिक उपलब्धिको रक्षाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपालले कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत कृषि क्रान्ति अघि बढाउनुपर्ने पनि बताए। उत्पादन र उत्पादकत्व बढाउन परम्परागत कृषि प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उनको भनाइ थियो।

0 Comments