३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले २०८३ असोज २ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको गोदामबाट विभिन्न सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई–८ घर भई हाल काठमाडौं कपन बस्ने ३६ वर्षीय नवराज चौलागाईं, काठमाडौं बूढानीलकण्ठ–१० कपनकी ३८ वर्षीया अस्मिता हुमागाईं र सिन्धुली कमलामाई–८ घर भई हाल काठमाडौं महानगरपालिका–९ बस्ने ३८ वर्षीय जनकप्रसाद न्यौपाने रहेका छन्।

प्रहरीका अनुसार नवराज र अस्मितालाई बूढानीलकण्ठ–१० कपनबाट तथा जनकप्रसादलाई काठमाडौं महानगरपालिका–७ चाबहिलबाट पक्राउ गरिएको हो।

बरामद सामानसहित तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

0 Comments