३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एशियन गेम्समा पदक जित्ने लक्ष्य छ’: दीपेन्द्र सिंह ऐरी

अ+ अ-

काठमाडौँ । नेपाली टी-२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताएका छन् । 

शनिवार एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उनले नेपाली टोली पदक जित्ने लक्ष्यका साथ जापान प्रस्थान गर्न लागेको बताएका हुन् । ऐरीले पछिल्ला खेलमा टोलीको प्रदर्शन, टिम बन्डिङ र खेलाडीहरूको अनुभव राम्रो रहेकाले पदकको आशा बढेको बताए । मलेसियामा हालै भएको प्रतियोगितामा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै ऐरीले एसियन गेम्सका लागि टोलीका अधिकांश खेलाडी फर्ममा रहेको बताए । कुशल भुर्तेल र आसिफ शेखले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेको उनको भनाइ छ । क्रिकेटतर्फ नेपालले यसअघि एशियन गेम्समा पदक जित्न नसकेको भए पनि यसपटक इतिहास बनाउन सकिने ऐरीले बताए । 

यसैगरी नेपाल प्रिमियर लिग (एनपीएल) मा डेविड वार्नरसहित अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीको सहभागिताले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने ऐरीको विश्वास छ । विदेशी लिगमा खेलिसकेका तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडी नेपाल आउनुले नेपाली क्रिकेटको स्तर र आकर्षण बढिरहेको उनले बताए । 

उनले भने ‘अहिले टिम पनि राम्रो छ, सबै जना एक्सपिरियन्स छन् र प्राक्टिस पनि राम्रै भइरहेको छ। यो पटक मेडल लिएर आउने सोचमा छौँ । हामी गोल्ड मेडलका लागि नै गइरहेका छौँ । नभए पनि मेडल ल्याउने सोच छ ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट लले एशियन गेम्समा नेपाल केवल सहभागिताका लागि नभई राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए । प्रशिक्षक लले श्रीलंका र भारतजस्ता बलिया टोलीसँग सम्भावित खेल चुनौतीपूर्ण भए पनि टी–२० क्रिकेटमा जुनसुकै दिन राम्रो खेल्ने टोलीले नतिजा आफ्नो पक्षमा पार्न सक्ने बताउनु भयो । एशियन गेम्समा ऐतिहासिक पदक जित्ने सम्भावनाबारे उनले यो लक्ष्य कठिन भए पनि असम्भव नरहेको बताए । एशियाका पाँच ठूला क्रिकेट राष्ट्र नेपालभन्दा माथि रहेको उल्लेख गर्दै उनले पदकका लागि उत्कृष्ट क्रिकेट खेल्नुका साथै धेरै कुरा आफ्नो पक्षमा हुनुपर्ने बताए ।  

उनले भने, ‘हामी त्यहाँ संख्या पूरा गर्न मात्र गएका होइनौँ । राम्रो प्रदर्शन गर्नेछौँ। टी–२० क्रिकेटमा त्यो दिन राम्रो खेल्न सकियो भने जे पनि हुन सक्छ ।’ 

टोलीको तयारी राम्रो रहेको जानकारी दिँदै लले अधिकांश खेलाडी पछिल्लो समय निरन्तर क्रिकेट खेलिरहेकाले थप तयारीको आवश्यकता धेरै नरहेको बताए । टोलीका १८ खेलाडी अस्ट्रेलियाको डार्विनमा टी–२० तथा ५० ओभर क्रिकेट खेलेर फर्किएको र हालै प्रिमियर कपमा समेत सहभागी भएकाले एसियन गेम्सअघि टी–२० ढाँचामा पुनः अभ्यस्त भइरहेको उनको भनाइ छ । यसैगरी नेपाल प्रिमियर लिग (एनपीएल) मा अस्ट्रेलियाका स्टार खेलाडी डेविड वार्नरको आगमनबारे लले उत्साह व्यक्त गरे । उनले वार्नर विश्वकै उत्कृष्ट क्रिकेटरमध्ये एक रहेको बताउँदै टोलीसँगको अनुभवले नेपाली क्रिकेटमा उनको योगदान महत्त्वपूर्ण हुने बताए । 

0 Comments