४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरोहण टोली धवलागिरि आधार शिविरमा

अ+ अ-

म्याग्दी । चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । 

‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन् । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिए । 

“आरोहण टोली हेलिकप्टरबाट सिधैँ आधार शिविरमा पुगेर शनिबार धार्मिक विधिअनुसार पूजाआजा गरी तयारी थालेका छन्”, उनले भने, “म्याग्दीको बगर गाउँतर्फबाट आधार शिविर जाने चक्रीय धवलागिरि पदमार्गमा बाढीपहिरोले क्षति पुर्‍याएकाले पर्वतारोहण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका हुन् ।”

विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान सफलताको कामना गर्दै आधार शिविरमा शेर्पाहरूले धार्मिक विधिअनुसार पूजाआजा गर्ने चलन छ । आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लागि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन् । 

थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताउनुभयो । आधार शिविरमा केही दिन अनुकूल मौसमको प्रतीक्षा र तयारी गरेपछि पर्वतारोहीहरूको टोली ‘रोप फिक्सिङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन् । शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल सुरु भएको छ । 

चालु वसन्तयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चार वटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर (आरोहण) शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ । 

गत वसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । 

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धवलागिरिको चुचुरोमा पुगेका थिए । 

0 Comments