४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभाबी वितरण नगर्न आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ । 

सोसाइटीले आपत्कालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग सम्बन्धमा स्तनपान गराउनै नसकिने केही विशेष र संवेदनशील परिस्थितिहरूमा मात्र स्वास्थ्यकर्मीको सुझावमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्न सकिने जनाएको छ ।  

सोसाइटीले ‘विपद्का समयमा बालबालिकाको व्यवस्थापन’ सम्बन्धी आधिकारिक सुझाव जारी गर्दै यस्तो अवस्थामा पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको हो ।

नेपासका अनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरू (फर्मुला मिल्क वा बट्टाको दूध) को प्रयोग स्तनपान पूर्ण रूपमा असम्भव भएको अवस्थामा र स्वास्थ्यकर्मीको उचित सल्लाहमा मात्र गरिनुपर्छ ।

आमाको मृत्यु, बेपत्ता भएको वा लामो समयदेखि आमा र बच्चा छुट्टिएको अवस्थामा, आमाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भई स्तनपान गराउन नसक्ने भएमा, आमामा गम्भीर मानसिक चोट वा आघात पुगी स्तनपान गराउन नसक्ने स्थिति भएमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग गर्न सकिने जनाएको छ ।

त्यसैगरी, विपद् अगाडिदेखि नै आमाको दूधको विकल्प (बट्टाको दूध)प्रयोग गरिरहेको अवस्थामा, आमा वा शिशुको मेडिकल कारणले स्तनपान गराउन वा लिन नसक्ने भएमा, स्तनपान गराउन नसकिने अवस्था भएमा र धाई आमा (स्तनपान गराउने अन्य महिला) उपलब्ध नभएमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्न सकिने सुझाव दिएको छ ।

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्दा प्रतिस्थापन गर्ने वस्तु निरन्तर र पर्याप्त मात्रामा उपलब्ध हुनुपर्ने, सुरक्षित पानी र सरसफाइको उचित व्यवस्था भएको सुनिश्चित हुनुपर्ने, शिशुको वृद्धि विकास र स्वास्थ्यको नियमित अनुगमन गर्ने संयन्त्र हुनुपर्ने तथा यो सुविधा अति आवश्यक देखिएका शिशुहरूलाई मात्र लक्षित गरी सहयोगका रूपमा उपलब्ध गराइनुपर्ने सोसाइटीले जनाएको छ ।

सोसाइटीका उपाध्यक्ष बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले सोसाइटीले आपत्कालीन अवस्थाको फाइदा उठाउँदै शिशु स्वास्थ्यमा गम्भीर असर पर्ने खालका गतिविधि नगर्न आग्रह गरे। उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको आम रूपमा वितरण नगर्न, बोतल र दूधदानीको वितरणमा रोक लगाइनुपर्ने बताए। उनले स्तनपानको अभ्यासलाई कमजोर बनाउने वा निरुत्साहित गर्ने कुनै पनि कार्य गर्नु नहुने स्पष्ट पारे ।

सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन २०४९ र आपत्कालीन शिशु तथा बालबालिकाको पोषणसम्बन्धी राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । 

0 Comments