गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडक खण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप सोमबार बिहान करिब १०: ३० बजे ब्रेक फेल भई सडकको नालामा खसेर भित्तामा ठोक्किएर दुर्घटना भएको हो। चालकसहित ९ जना सवार रहेको उक्त जिपमा ८ जना घाइते भएका छन्।
दुर्घटना लगतै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल आँप पिपल, गोरखा पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ६ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।






