काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार बसेको सचिवालय बैठकका सात निर्णय सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बसेको बैठकले समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा निर्णय गरेको हो ।
बैठकमा रसुवामा आएको बाढीपछिको अवस्था, प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता तथा पार्टीका विभिन्न आयोगमा मनोनयनलगायत विषयमा छलफल गरी निर्णय गरिएको रास्वपाले जनाएको छ ।
रसुवाको बाढीपछि उत्पन्न घटनाक्रम र त्यससँग सम्बन्धित विषयलाई बैठकले प्राथमिकताका साथ छलफल गरेको छ ।







