५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धम्क्याएर चन्दा असुलेको आरोपमा दुई जना पक्राउ

अ+ अ-

गोरखा । सामुदायिक वनका सचिवलाई डर-धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले गोरखाको शहिद लखन गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका-९ का ३८ वर्षीय राजकुमार माझी रहेका छन्।

ज्यान मार्नेसम्मको धम्की दिएको आरोप
नेपाल प्रहरीका अनुसार उनीहरूले आफूलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कार्यकर्ता बताउँदै शहिद लखन गाउँपालिका-१ खहरेटोलका रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेलसँग चन्दा मागेका थिए।

पार्टीको लेटरप्याड प्रयोग गरी डर, धाकधम्की दिनुका साथै ज्यान लिनेसम्मको भाषा प्रयोग गरेर चन्दा मागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय गोरखाबाट टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

नगदसहित विभिन्न सामग्री बरामद
प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको नेतृत्वमा खटिएको टोलीले आइतबार दिउँसो करिब १ बजे शहिद लखन गाउँपालिका-१ बक्राङबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट २० हजार रुपैयाँ नगद, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लेखिएको स्ट्याम्प एक थान, दुई थान रसिद प्याड तथा ५० थान पर्चा-पम्प्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। आरोपको अन्तिम निरूपण भने सम्बन्धित न्यायिक निकायबाट हुनेछ।

0 Comments