६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

अ+ अ-

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो ।

ट्राफिक लाइट जडानका लागि सोमबार पुलचोक र सहिद चोकमा काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिए । यसअघि विभिन्न छ स्थानमा पोल राख्ने काम सम्पन्न गरेर बत्ती जडानको काम सुरु गरिएको हो ।

फराकिलो सडक बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । संघीय सरकारको बजेटमा पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट राख्न लागिएको हो । सवारी आवागमन बढी हुने ठाउँमा ‘ट्राफिक लाइट’ राखिएको हो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार गत आर्थिक वर्षमा हुनुपर्ने काम निर्माण कम्पनीको ढिला सुस्तीप्का कारण समय लागेको हो । उनले भने, “अब बत्ती राख्ने काम सुरु भएको छ । चाँडै सम्पन्न हुन्छ ।” जेनजेड प्रदर्शनका कारणसमेत केही समय ढिला भएको उनले बताए। बीचमा ठेकेदार कम्पनीले बत्ती ल्याउन ढिला गरी म्याद थपका लागि निवेदन दिए पनि विभागले अस्वीकार गरेको थियो ।

अहिले निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाउँदै काम गराइएको उनले बताए । भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले धेरै पहिले देखिनै महानगरपालिकाले सडक विभागलाई महानगरको सवारी उच्च चाप र जोखिम देखिएका ठाउँहरूमा ट्राफिक लाइट राख्न अनुरोध गर्दै आएको थियो । सोहीअनुसार विभागले काम थालेको भए पनि ढिलाइ भएको उनले बताए । ‘ट्राफिक लाइट’ जडानसँगै सहज आवागमन र दुर्घटनामा कमी आउने उनको भनाइ छ ।

0 Comments