७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरको चैनपुर र सुनाचुरीमा निर्माणाधीन ‘मोबाइल टावर’ अन्तिम चरणमा

अ+ अ-

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।  

सांसद प्रशान्त उप्रेतीले सो जानकारी दिँदै कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर सञ्चालनको अन्तिम चरणमा रहेको बताए । त्यसैगरी, मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्र सरोवर गाउँपालिकाको एक तथा कैलाश गाउँपालिकाको डाँडा खर्क, नामटार र भार्तासँगै थाहा नगरपालिकाको चनवनमा समेत मोबाइल टावर निर्माणको काम भइरहेको उनले जानकारी दिए । आवश्यकताअनुसार अन्य स्थानमा रहेका टावरको स्तरोन्नतिको कामसमेत अघि बढाइएको उनको भनाइ छ ।

सांसद उप्रेतीले गत भदौ ३० गते बसेको प्रतिनिधिसभा बैठकमा मकवानपुर निर्वाचन क्षेत्र नं २ का विभिन्न स्थानमा कमजोर मोबाइल नेटवर्कका कारण नागरिकले भोग्नुपरेको समस्या उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । तत्काल सूचना तथा सञ्चार मन्त्रालयले चासो लिँदै काम अगाडि बढाएको थियो । 

“मकवानपुरका दुर्गम बस्तीका नागरिकले अझै पनि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ”, उनले भने, “अब परिणाम नागरिकले अनुभूति गर्ने गरी काम सम्पन्न हुनु आवश्यक छ ।” निर्माणाधीन टावर निर्धारित समयमै सञ्चालनमा ल्याई नागरिकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

0 Comments