७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा तलब र ज्यालामा सुधार: सन् २०२५ मा औसत मासिक कमाइ ४.१ प्रतिशतले बढ्यो

अ+ अ-

काठमाडौँ । मलेसियामा सन् २०२५ मा नागरिकहरूको औसत मासिक तलब र ज्यालामा ४.१ प्रतिशतको वृद्धि देखिएको छ । मलेसियाको तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार औसत मासिक कमाइ ३,८०३ रिंगित (करिव ९३३ अमेरिकी डलर) पुगेको छ । तथ्यांक विभागकाअनुसार मध्यम मासिक तलबमा भने ५.३ प्रतिशतको वृद्धि देखिएको छ, जसले २,९४० रिंगितको विन्दु छोएको छ । यो तथ्यांकले मलेसियाको श्रम बजारमा देखिएको सकारात्मक सुधार र श्रमिकको आम्दानी स्तरमा भएको वृद्धिलाई पुष्टि गरेको छ ।

श्रम बजारको विस्तारमा सेवा क्षेत्रको भूमिका सबैभन्दा महत्त्वपूर्ण देखिएको छ । कुल ज्याला प्राप्त गर्नेहरूमध्ये ७१.५ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ । यस क्षेत्रमा काम गर्नेको संख्यामा १।८ प्रतिशतले वृद्धि भई ७४ लाख २० हजार पुगेको छ । विभिन्न क्षेत्रगत तथ्यांकलाई हेर्दा, खानी तथा उत्खनन क्षेत्रमा कार्यरत श्रमिकले सबैभन्दा बढी तलब पाइरहेका छन्, जहाँ औसत मासिक तलब ६,१७५ रिंगित रहेको छ ।

यसपछि क्रमशः सेवा क्षेत्रमा ३,९९३, उत्पादन क्षेत्रमा ३,३५७, निर्माण क्षेत्रमा ३,१८८ र कृषि क्षेत्रमा २,५७५ रिंगित औसत तलब रहेको छ । मलेसियाली अधिकारीहरूले यस वृद्धिलाई अर्थतन्त्रको सुदृढीकरणका रूपमा लिएका छन् । तथापि, भविष्यमा वास्तविक ज्याला वृद्धि र श्रमिकको जीवनस्तर सुधारलाई दिगो बनाउन उत्पादन क्षमता बढाउने, सीप विकास गर्ने र उच्च मूल्यका रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित हुनुपर्ने आवश्यकता विभागले औँल्याएको छ ।

0 Comments