७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीमा असोज १४ देखि सीप तथा रोजगार मेला, ६५ स्टल रहने

अ+ अ-

काठमाडौँ । सरकारले ‘रोजगार दशक’को अवधारणाअन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नाराका साथ आगामी असोज १४ देखि २० गतेसम्म मेला सञ्चालन गर्न लागेको हो।

मन्त्रालयका अनुसार उत्पादनशील रोजगारी सिर्जना, युवाको सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार दशक’का रूपमा अघि बढाउने घोषणा गरेको सन्दर्भमा मेलालाई सोही अभियानको एक महत्वपूर्ण कार्यक्रमका रूपमा अघि सारिएको हो।

सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गरी त्यसैको नीतिगत मार्गदर्शनअनुसार मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधामा ६५ वटा स्टल रहने मन्त्रालयले जनाएको छ।

मेलाको मुख्य अवधारणा ‘माग- सीप तालिम-रोजगार’ लाई एउटै प्रणालीमा आबद्ध गर्नु रहेको छ। श्रम बजारमा देखिएको माग पहिचान गरी सोहीअनुसार सीप तालिम सञ्चालन गर्ने र तालिमपछि रोजगारीसँग जोड्ने उद्देश्य मन्त्रालयले लिएको छ।

रोजगारदाता र रोजगारी खोज्नेबीच प्रत्यक्ष सम्पर्क
मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तयारी गरिएको छ। उद्योगी, व्यवसायी, श्रमिक, शैक्षिक तथा प्राविधिक संस्था र सरकारबीचको समन्वय तथा साझेदारीलाई प्रभावकारी बनाउने लक्ष्यसमेत मेलाले लिएको छ।

यसका लागि मन्त्रालयले तयार पारेको पोर्टल प्रयोग गरिनेछ। कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा कार्यरत रोजगार संयोजकको सक्रिय सहभागितामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच अधिकतम ‘जब म्याचिङ’ गर्ने मन्त्रालयको तयारी छ।

मन्त्रालयले मेलालाई उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा लिएको जनाएको छ।

१३७ स्थानीय तह र निजी क्षेत्रको सहभागिता
मेलामा कोशी प्रदेशका सबै १३७ स्थानीय तहको सहभागिता रहनेछ। विशेष गरी सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा पर्ने विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, दुहबी नगरपालिका, कटहरी, बुढीगंगा र गढी गाउँपालिकालगायत स्थानीय तहले सहकार्य गर्नेछन्।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ तथा नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशलगायत निजी क्षेत्रका संघ-संस्थाको सहभागिता रहनेछ।

नेपाल गाउँपालिका महासंघ, नेपाल नगरपालिका संघ तथा कोशी प्रदेशका जिल्ला समन्वय समितिको समेत सक्रियता, सहकार्य र सहयोगमा मेला सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सीपअनुसार रोजगारी र रोजगारीमार्फत स्वदेशमै सम्मानजनक भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा रोजगारदाता, उद्योगी-व्यवसायी, श्रमिक, युवा, शैक्षिक तथा प्राविधिक संस्था र सम्बन्धित सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

0 Comments