काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८२ संशोधन गरेको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सम्बन्धित संस्थाहरूलाई पत्र पठाउँदै एकीकृत निर्देशनमा संलग्न तालिकाबमोजिम संशोधन, परिमार्जन र थप गरिएको जनाएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ।
पत्रमा संशोधित विषयहरूको विवरण भने दिइएको छैन। त्यसका लागि पत्रसँग संलग्न तालिका हेर्नुपर्ने हुन्छ।






