काठमाडौँ । एसियन गेम्स अन्तरगत पुरुष क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा जापानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा घरेलु टोलिसामु नेपालले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन जोड्यो । सन्दीप जोरा र लोकेश बमले अर्ध शतक बनाए । जोरा ५७ तथा बम ५२ रनमा नटआउट रहे । वर्षाले प्रभावित बनेपछि खेल १५ ओभरमा झारिएको हो ।
नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।
जापानलाई पराजित गरेमा वा खेल रद्द नै भएमा पनि नेपाल समूह विजेता बन्दै श्रीलंकासँग क्वाटरफाइनल खेल्नेछ ।






