काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका ६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका १२ का २४ वर्षीय विजय तामाङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का ३४ वर्षीय गणेश लामा, मकवानपुरको राक्सिराङ गाउँपालिका २ का ३३ वर्षीय ललितबहादुर स्याङ्तान र सिन्धुलीको हरिहरपुर नगरपालिका ११ का ३२ वर्षीय रत्न तामाङलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन ३।१० ग्राम, डाईजेपाम ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, ट्रामाडोल १८३०० क्याप्सुल बरामद भएको छ ।
साथै नगद ५ लाख ६० हजार ४००, बा प्र ०३(००२ प ७०४८ नम्बरको मोटरसाइकल, ६ थान मोबाइल पनि बरामद भएको छ । ब्युरोको शाखा कार्यालय थानकोट र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।






