११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्ति लोकपथ अवरुद्ध: छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ-हेटौँडा जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ स्थित छपेली क्षेत्रमा खसेको ठूलो पहिरोले सडक यातायात पूर्ण रूपमा ठप्प पारेको हो ।

कान्ति लोकपथको ६१ं४०० देखि ६३ं००० किलोमिटर (चेनेज) खण्डमा पर्ने छपेली क्षेत्रमा शुक्रवार बिहान पहिरो खसेको थियो ।

सडक डिभिजन कार्यालयले पहिरो पन्छाएर यातायात सुचारु गर्ने तयारी गरिरहेको समयमा पुनः ठूलो परिमाणमा पहिरो खसेपछि उद्धार कार्य प्रभावित बनेको छ ।

स्थानिय प्रशासनका अनुसार सो क्षेत्रमा पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक खुलाउन जोखिम बढेको छ । पहिरो सक्रिय रहेकाले तत्कालै सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको इन्जिनियरहरूले जनाएका छन् ।

माटो र लेदोसहित खसिरहेको पहिरोले गर्दा सडक मर्मतमा खटिएका प्राविधिक तथा कामदारहरूलाई समेत काम गर्न कठिनाइ भएको छ ।

हाल सो खण्ड भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ । पहिरोको प्रकृति हेर्दा तत्कालै बाटो खुल्ने सम्भावना न्यून देखिएको छ ।

भौतिक पूर्वाधारको यो महत्वपूर्ण सडक खण्ड वर्षायाममा पटक-पटक पहिरोको चपेटामा पर्दै आएको छ, जसले गर्दा हेटौँडा-काठमाडौँ आउजाउ गर्ने यात्रुहरू सास्ती खेप्न बाध्य छन् ।

0 Comments