११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनको झरीपछि खुल्यो काठमाडौँको आकाश, वर्षाको गतिविधि क्रमशः घट्दै

अ अ+ अ-

काठमाडौँ । लगातार चार दिनदेखि भइरहेको वर्षापछि काठमाडौँ उपत्यकाको मौसम आइतबार दिउँसोदेखि क्रमशः सुधार हुन थालेको छ। उपत्यकाको आकाश खुलेसँगै घाम लाग्न थालेको छ।

भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएपछि नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त न्यूनचापीय प्रणाली नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्ला दिनमा ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको थियो।

न्यूनचापीय क्षेत्र कमजोर भएसँगै काठमाडौँसहित बागमती प्रदेशमा मनसुनी गतिविधि पनि केही कमजोर भएको छ। यसअघि बंगालको खाडीबाट जलवाष्प बोकेको हावा नेपालको मध्य भूभागतर्फ केन्द्रित हुँदा वर्षाको गतिविधि बढेको थियो।

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
न्यूनचापीय प्रणाली कमजोर भए पनि त्यसको प्रभाव पूर्ण रूपमा हटिनसकेकाले आइतबार देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो विभिन्न स्थानमा वर्षा भए पनि एक–दुई स्थानमा मात्र भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कमजोर हुँदै गएको न्यूनचापीय प्रणालीको बाँकी प्रभावका कारण केही क्षेत्रमा वर्षाको गतिविधि जारी रहने जनाइएको छ।

महाशाखाका अनुसार आगामी समयमा न्यूनचापीय प्रणाली थप कमजोर हुँदै गएसँगै वर्षाको गतिविधिमा पनि क्रमशः कमी आउनेछ। काठमाडौँ उपत्यकामा भने लगातारको झरीपछि आइतबारदेखि मौसममा सुधारको संकेत देखिएको छ।

0 Comments