११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

अ अ+ अ-

पर्सा । वीरगञ्ज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यअनुरूप सार्वजनिक विद्युत्का खम्बा तथा सार्वजनिक स्थानमा नियम विपरीत राखिएका अनधिकृत होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री आजदेखि हटाउन सुरु गरेको हो ।

महानगरपालिकाले सार्वजनिक पोल तथा स्थानमा विज्ञापन सामग्री राख्नुअघि महानगरपालिकाबाट आवश्यक अनुमति लिन आग्रह गर्दै वीरगञ्जका विभिन्न चोक तथा सडकका विद्युत् खम्बामा जथाभाबी टाँगिएका निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका प्रचार सामग्री हटाउने कामको थालनी गरिएको महानगरका हरियाली संयोजक प्रकाश खेतानले जानकारी दिए ।

महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत वीरगञ्जका मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा अनुमति नलिई राखिएका प्रचार सामग्री हटाउने कार्य तीव्र पारिएको उनको भनाइ छ । उनले भने, “महानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने दायित्व हामी सबैको हो, त्यसैले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर सहरी सौन्दर्य बिगार्ने र अनुमतिविना विज्ञापन राख्ने छुट कसैलाई छैन ।”

महानगरपालिकाले कुनै पनि अनुमति नलिई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री नराख्नसमेत सम्बन्धित व्यक्ति तथा संस्थालाई अनुरोध गरेको छ ।

अहिले सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जको मुख्य सडकलाई आगामी दसैँअघि पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने उद्देश्यअनुरूप त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्ने उद्देश्यअनुसार घरहरू भत्काउने काम सम्पन्न गरेको छ । 

0 Comments