११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ महिला विश्वकप तयारी : आईसीसी टोलीद्वारा कीर्तिपुर मैदान निरीक्षण

अ अ+ अ-

काठमाडौँ । नेपालमा आयोजना हुने यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण गरेको छ।

आइतबार कीर्तिपुर पुगेको आईसीसी टोलीले प्रतियोगिता सञ्चालनका लागि मैदान तथा उपलब्ध भौतिक पूर्वाधारको अवस्थाबारे स्थलगत जानकारी लिएको हो।

निरीक्षणका क्रममा टोलीले मैदानको खेलयोग्यता, पिच र आउटफिल्डको अवस्था, स्कोर बोर्ड तथा खेलाडी र दर्शकका लागि आवश्यक संरचनाको अवलोकन गरेको थियो।

विश्वस्तरीय प्रतियोगिता सञ्चालनका लागि आवश्यक मापदण्डअनुसार मैदानको पूर्वाधार र सुविधाको अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले निरीक्षण गरिएको जनाइएको छ। टोलीले हाल उपलब्ध संरचनाको गुणस्तर, सुविधा तथा प्रतियोगिता सञ्चालनका क्रममा आवश्यक पर्न सक्ने थप तयारीका विषयमा समेत जानकारी लिएको छ।

नेपालले पहिलोपटक यू-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने तयारी गरिरहेको छ। प्रतियोगितालाई लक्षित गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले मैदानसहित आवश्यक पूर्वाधार र व्यवस्थापनको तयारीलाई अघि बढाइरहेको छ।

आईसीसी टोलीको निरीक्षणपछि मैदानमा गर्नुपर्ने सुधार तथा थप तयारीका विषयमा आवश्यक सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ। प्रतियोगिता आयोजनाका लागि आईसीसीका मापदण्ड पूरा गर्न पूर्वाधार सुधार तथा व्यवस्थापनका कामलाई थप गति दिने तयारी गरिएको छ।

0 Comments