१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा सुपथ मूल्य पसल: चामलदेखि नुनसम्ममा छुट

अ अ+ अ-

झापा । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत बिक्री सुरुआत गरिएको छ ।

चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु. पाँच तथा नुनमा प्रतिकिलो रु. दुई छुट दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत पुग्ने गरी सरकारी संस्थानसँग समन्वय गरेर दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।

“चाडपर्वका बेला उपभोक्तालाई राहत दिन चामल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ,” उनले भने ।

जिरा मसिनो चामल रु. ८५ र सोना मन्सुली चामल रु. ५७ प्रतिकिलोमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ । माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उनले बताए ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जिल्लाका २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी उपलब्ध गराउँदै आएको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार एथेष्ट नुन मौज्दात रहेको छ । प्रजिअ पोखरेलले चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने बताए । उनले उपभोक्ता हित विपरीतका गतिविधि भेटिए प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बिर्तामोड,विराटनगर,राजविराज,लहान,जनकपुर,वीरगञ्ज,हेटौडा, नारायणगढ,त्रिशूली,पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ । 

0 Comments