१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमै अड्किए पर्यटक

अ अ+ अ-

मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी थुनिएको छ । विपद्का पर्यटक मनाङमै बस्न बाध्य भएका छन् ।

मर्स्याङ्दी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै छन् भने तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन् ।

“माथिल्लो मनाङ आइपुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ भने ४४ जना फर्किएका छन्,” प्रमुख भुजेलले भने, “करिब १५० बढी पर्यटक थोराङ्ला पास गर्ने पर्यटक हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आइपुगेका छन् । मनाङ गाउँमा पर्यटक सुरक्षित छन् ।” थोराङ्ला पास गर्ने पर्यटक मुस्ताङबाट हेलिप्टरमा फर्कन सक्ने भएकाले जान अनुमति दिएको छ । 

 “बिरामी र प्रवेशाज्ञा सकिएका पर्यटक भने हेलिकप्टरमार्फत फर्किएका छन्,” प्रमुख भुजेलले भने, “हिमपात भएको समयमा मनाङ गाउँमा पर्यटक खचाखच थिए । सञ्चार र विद्युत् नहुँदा सङ्ख्या यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले धारा पानी चेकपोष्टमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म ५९० विदेशी पर्यटकको दर्ता भएको जानकारी दिए । उनका अनुसार अविरल वर्षा र बाढी पहिरोका कारण १४६ पर्यटक फर्किएका छन् । “माथिल्लो मनाङ पुगेका पर्यटक माथि नै छन् भने चामेदेखि तल रहेका भने यहीँ छन्”, गुरुङले भने, “बाटोको ट्र्याक नै मर्स्याङ्दी नदीले कटान गरेपछि फर्कने अवस्था छैन । पर्यटक यही रहेका छन् ।”

अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ । भासिएका सडकको नयाँ ट्र्याक नबनाउँदासम्म पर्यटक तथा स्थानीयवासी आवतजावत गर्न सक्ने अवस्था छैन । नदी कटानले सडक भासिँदा उपकरण पुर्‍याउन सकिएको छैन । 

0 Comments