१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिपलाई रोजगारी र उत्पादनसँग जोड्नुपर्नेमा सभामुख अर्यालको जोड

अ अ+ अ-

काठमाडौँ । सभामुख डोरप्रसाद अर्यालले सिप आजको समयमा अतिरिक्त योग्यता नभई समाज र राष्ट्रिय समृद्धिको आधार बनेको बताएका छन्। उनले श्रमयोग्य जनशक्तिलाई बजारको मागअनुसारको सिपसँग जोडेर स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

इटहरीमा आयोजित ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै सभामुख अर्यालले सिपलाई बजार, श्रमलाई अवसर र जनशक्तिलाई उत्पादनसँग जोड्नुपर्ने बताएका हुन्।

नेपालको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै उनले ठूलो संख्यामा रहेको युवा जनशक्तिलाई मुलुकको जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए।

तर आन्तरिक श्रम बजारको माग र उपलब्ध जनशक्तिको सिपबीच उचित तालमेल हुन नसक्दा नेपाली युवा रोजगारीका लागि बिदेसिन बाध्य भएको उनले बताए।

स्वदेशी जनशक्ति बाहिरिने, विदेशी कामदार भित्रिने अवस्था
सभामुख अर्यालले एकातर्फ नेपाली युवा रोजगारीका लागि विदेश जानुपर्ने र अर्कोतर्फ स्वदेशकै रोजगारदाताले आवश्यकताअनुसार दक्ष जनशक्ति नपाएर विदेशी कामदार ल्याउनुपर्ने अवस्था रहेको बताए।

उनले यस्तो विरोधाभास अन्त्य गर्न रोजगारदाता र रोजगारी खोज्नेबीच प्रत्यक्ष सम्पर्क तथा समन्वय आवश्यक रहेको धारणा राखे।

संविधानले प्रत्याभूत गरेको रोजगारी तथा श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न सिप तथा रोजगार मेला महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ छ।

मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबीच साझा मञ्च निर्माण गरी मुलुकभित्रै रोजगारीका सम्भावना विस्तार गर्ने प्रयास गरिएको उनले बताए।

तीन तहका सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक
सभामुख अर्यालले आन्तरिक रोजगारीलाई दिगो र भरपर्दो विकल्पका रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय आवश्यक रहेको बताए।

सरकारका प्रयाससँग निजी क्षेत्रको माग र युवाको सिपलाई जोड्न सके स्वदेशमै रोजगारीको अवसर विस्तार गर्न सकिने उनको भनाइ छ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिका, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा निजी क्षेत्रको सहकार्यमा मेला आयोजना गरिएको हो।

मेलाले युवालाई रोजगारी खोज्ने अवस्थाबाट अघि बढाउँदै सिपयुक्त, उत्पादनशील र आवश्यक परे आफैँ रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0 Comments