१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालो धन बाहिर ल्याउन नोटबन्दी गर्न रास्वपा सांसदको प्रस्ताव

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार तथा अवैध रूपमा सञ्चित भएको भनिएको रकम बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दी गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले लामो समयदेखि भ्रष्टाचारबाट आर्जित भएको दाबी गरिएको रकम विभिन्न माध्यमबाट लुकाइएको उल्लेख गर्दै त्यसलाई वित्तीय प्रणालीमा ल्याउन पुराना नोट विस्थापन गर्नुपर्ने धारणा राखे।

उनले देश लुटेर सञ्चित गरिएको भनिएको कालोधनकै कारण केही व्यक्तिले राजनीतिक तथा अन्य क्षेत्रमा प्रभाव विस्तार गरेको दाबी गरे। त्यस्तो रकम देशविरुद्ध हुने गतिविधिमा समेत प्रयोग हुनसक्ने भन्दै सरकारले त्यसको व्यवस्थापनका लागि तत्काल कदम चाल्नुपर्ने उनको भनाइ थियो।

“३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरूले शक्ति प्राप्त भयो,” उनले संसदमा भने।

न्यौपानेले आवश्यक परे नयाँ नोटसमेत प्रचलनमा ल्याएर पुराना नोट विस्थापन गर्नुपर्ने प्रस्ताव गरे। भ्रष्टाचारबाट आर्जित रकम लुकाएर राखिएको भए त्यसलाई निष्क्रिय बनाउने उद्देश्यले नोटबन्दीको निर्णय लिनुपर्ने उनको तर्क थियो।

भारतमा विगतमा उच्च दरका नोट बन्द गरिएको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालले पनि त्यसबाट सिक्नुपर्ने धारणा राखे।

सांसद न्यौपानेको प्रस्तावलगत्तै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त प्रस्तावप्रति समर्थन जनाए। उनले रास्वपाको नेतृत्वमा रहेको सरकारसँग तत्काल पुराना एक हजार र पाँच सय रुपैयाँका नोट बन्द गर्न माग गरे।

दुलालले भ्रष्टाचारबाट आर्जित रकमका रूपमा राखिएको भनिएका त्यस्ता नोटको कारोबार रोक्न सरकारले तत्काल निर्णय लिनुपर्ने बताए। यस विषयमा नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूको हस्ताक्षर आवश्यक परे उपलब्ध गराउने उनले घोषणा गरे।

“उहाँले राखेको प्रस्तावमा पूर्ण समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्न जोडदार रूपमा सरकारसँग माग गर्दछु,” दुलालले भने।

उनले नोटबन्दीको निर्णय लिन सरकारलाई के कुराले रोकिरहेको भन्दै प्रश्नसमेत गरे। साथै, उक्त विषयमा सभामुखबाट आवश्यक रुलिङ हुनुपर्ने माग उनले बैठकमा राखेका छन् ।

0 Comments