५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व संकलन

अ अ+ अ-

मुस्ताङ । मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार २७० सवारीसाधनलाई कारबाही गर्दा रु १२ लाख ९६ हजार ५०० राजस्व संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार साउनदेखि कात्तिकसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गर्दा उक्त राजस्व संकलन भएको हो ।

कार्यालयका अनुसार साउनमा २९५ सवारीसाधनलाई कारबाही गर्दा रु तीन लाख सात हजार ५००, भदौमा ४७५ सवारीसाधनलाई कारबाही गर्दा रु चार लाख ९० हजार, असोजमा १६२ सवारीसाधनलाई कारबाही गर्दा रु एक लाख ६४ हजार ५०० र कात्तिकमा ३३८ सवारीसाधनलाई कारबाही गर्दा रु तीन लाख ३४ हजार ५०० राजस्व संकलन भएको छ ।

भदौमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । असोजमा बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकखण्ड दुई सातासम्म अवरुद्ध हुँदा सवारीसाधनको आवागमन घटेकाले कारबाही र राजस्व संकलन पनि कम भएको प्रहरी निरीक्षक महतले बताए ।

मुस्ताङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममा उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्याबाट बच्ने उपाय, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा मादक र लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्धको सचेतना समेटिएका छन् ।

जिल्ला ट्राफिक कार्यालय मुस्ताङमा १० जनाको दरबन्दी रहेकामा हाल नौ जना कार्यरत छन् । तीमध्ये दुई जना म्याग्दी र मुस्ताङको सिमाना घाँसा प्रहरी चेकपोस्टमा खटिएका छन् भने सात जना सदरमुकाम जोमसोममा ट्राफिक व्यवस्थापनमा परिचालित छन् । पर्यटकीय याममा कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक महतले बताए ।

0 Comments