१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल वार’मा सक्रिय हुन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिने सामान्य असहमति र मतभेदलाई व्यवस्थापन गर्दै संगठनात्मक एकतालाई थप बलियो बनाउन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संगठनलाई थप चलायमान बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले पार्टीभित्र हुने सामान्य आलोचना र असहमतिलाई सहज रूपमा लिनुपर्ने बताउँदै आपसी असमझदारीलाई ठूलो विषय बनाउन नहुने धारणा राखे।

“शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ,” उनले भने, “सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ।”

पार्टीभित्र कुनै समस्या नै नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए। एमाले विभाजित हुने अपेक्षा गरिए पनि पार्टी वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध रहेको दाबी उनले गरे।

अध्यक्ष ओलीले एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै विगतका राजनीतिक घटनाको उदाहरणसमेत प्रस्तुत गरे। एउटा मोर्चामा पराजय हुँदैमा राजनीतिक यात्रा रोकिने नभएकाले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

सामाजिक सञ्जालमार्फत प्रचारमा सक्रिय हुन आग्रह
अध्यक्ष ओलीले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल तथा सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए।

पार्टीले गरेका काम र उपलब्धिबारे जनतासम्म सही सूचना पुर्‍याउन नेता–कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको निर्देशन थियो। उहाँले यसलाई ‘डिजिटल वार’का रूपमा व्याख्या गर्दै सूचना प्रविधिको क्षेत्रमा पार्टीको उपस्थिति विस्तार गर्नुपर्नेमा जोड दिए ।

भर्चुअल बैठकमा एमाले महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकबाट भएका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए।

उनका अनुसार पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको छ भने यसअघि प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ।

महासचिव पोखरेलले वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टी संगठनसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने जानकारीसमेत दिए।

भर्चुअल कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल र पद्मा अर्याललगायत नेताहरूको सहभागिता थियो।

0 Comments