१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे

अ अ+ अ-

मनाङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल अत्यावश्यक काम गर्ने बताएका छन् । आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी दिने क्रममा उनले सो धारणा राखेका हुन् । 

चामे पुगेका मुख्यमन्त्री पाण्डेले बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढाइने बताए।  

केही दिनअघि ठाडो र लमजुङ हिमालको बेसक्याम्पबाट बग्ने घट्टेखोलामा आएको बाढीपहिरोले मर्स्याङ्दी नदी थुनिएपछि त्रसित स्थानीयको गुनासो सुनेका थिए । हाल पानी बगिरहेकाले जोखिम कम देखिएको भए पनि खोलाको बगरमा थुप्रिएको गेग्रान र ठूला ढुङ्गाका कारण घरहरू जोखिममा परेका छन् । पक्की पुल पुरिएको छ । 

स्थानीयसँग प्रत्यक्ष भेटगरी उनका समस्या र आवश्यकता सुनेपछि मुख्यमन्त्री पाण्डेले सडक तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलगायत क्षतिको तथ्यांक माग राखेका छन् ।

उनले भने, “प्रदेश सरकारले सकेको सहयोग गर्छ । नदी खुलाएर स्थानीयको त्रास हटाउन आवश्यक छ ।”

स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताए । 

“अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुन:स्थापनाको व्यवस्था गर्ने हो”, मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय गरेर तत्काल गर्न सकिने काम अघि बढाउँछौँ र थप आवश्यक सहयोगका लागि संघ सरकारसँग समन्वय गर्छौं ।” चाडपर्वको समय नजिक रहेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए।

बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले विपद्का समयमा उद्धार, राहत, उपचार तथा पुन:स्थापनासँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताए। 

यसअघि मंगलबार मुख्यमन्त्री पाण्डे बागलुङ, म्याग्दी, पर्वत जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । विसं २०७८ जेठ १४ र असार १ गते मर्स्याङ्दी आएको बाढीले मनाङमा भौतिक क्षति पुर्‍याएको थियो ।

0 Comments