काठमाडौँ । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भोली देखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य हुने संवैधानिक व्यवस्था छ। गत वैशाख २८ गतेदेखि सुरु भएको यो चालु अधिवेशन अन्त्यको सिफारिस भइरहँदा प्रतिनिधि सभाका विभिन्न समितिहरूमा १० वटाभन्दा बढी विधेयकहरू अझै विचाराधीन अवस्थामै रहेका छन्।



