१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् दुर्घटनामा गम्भीर घाइते तामाङलाई उपचार र क्षतिपूर्तिबापत १७ लाख ७८ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय 

अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार, कुरुवा खर्च र अंगभंगको क्षतिपूर्तिबापत कुल १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। तामाङलाई यसअघि पाँच लाख रुपैयाँ पेस्की दिइसकिएकाले अब सो रकम कटाएर बाँकी १२ लाख ७८ हजार ६७६ रुपैयाँ भुक्तानी गरिनेछ।

रामेछाप नगरपालिका-५, सिमल भञ्ज्याङ खर्कभितेमा ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुँदा २७ वर्षीय तामाङलाई करेन्ट लागेको थियो। दुर्घटनापछि उनको काठमाडौँ मेडिकल कलेजमा उपचार गरिएको थियो।

प्राधिकरणले स्वीकृत गरेको रकममा उपचार खर्च सात लाख १८ हजार ६७६ रुपैयाँ, अस्पतालमा भर्ना भई उपचार गराएको ६० दिनसम्म एक जना कुरुवाको खर्च ६० हजार रुपैयाँ र पूर्ण अंगभंगबापतको क्षतिपूर्ति १० लाख रुपैयाँ समावेश छ।

प्राधिकरणको दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ मा दुर्घटनाबाट पूर्ण स्थायी अशक्तता तथा अंगभंग भएको अवस्थामा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। 

तामाङलाई सोही व्यवस्थाअनुसार क्षतिपूर्ति दिने निर्णय गरिएको हो।

विशेषज्ञ चिकित्सकसहितको प्राधिकरण मेडिकल बोर्डले तामाङको उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सन र अन्य कागजात अध्ययन गरी भुक्तानीका लागि सिफारिस गरेको थियो। बोर्डले उपचार खर्चमा यसअघि दिइएको पेस्की समायोजन गरी बाँकी रकम र दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको हो।

विनियमावली अनुसार दुई लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुन्छ। त्यसभन्दा बढी खर्चको भुक्तानीका लागि भने प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्छ।

विनियमावलीले प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदारका साथै सर्वसाधारण विद्युत् दुर्घटनामा परी घाइते भए वा मृत्यु भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ। सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने प्रावधान छ।

0 Comments