काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
ओमान, क्यानडा र नेपाल सहभागी हुने शृङ्खलाका लागि यसअघि एसीसी प्रिमियर कप खेलेको टोलीमा केही फेरबदल गरिएको छ। पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा समेटिएको छ भने बाँयाहाते स्पिनर शाहब आलमले पनि टोलीमा स्थान बनाएका छन्।
ओपनिङ ब्याटर कुशल भुर्तेल र अनुभवी पेस बलर सोमपाल कामी भने यसपटक पनि टोलीमा परेका छैनन्। ओपनिङ ब्याटर अर्जुन कुमाल र आसिफ शेखले टोलीमा निरन्तरता पाएका छन्।
टोलीमा कप्तान लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल समेटिएका छन्।
लिग २ अन्तर्गतको त्रिदेशीय शृङ्खला आगामी अक्टोबर ७ ९असोज २१० देखि ओमानमा सुरु हुनेछ। शृङ्खलाका लागि क्यानडाले पनि आफ्नो टोली घोषणा गरिसकेको छ।
नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन् ।



