१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो

अ अ+ अ-

गण्डकी । फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्र्याउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दु:खजिलो गरेर उब्जाएको धानबालीमात्र लगेन खेत बगाइदियो । 

बागलुङको गलकोट नगरपालिका-९ का किसान यतिबेला प्रकृतिको प्रहार सहन बाध्य छन् । लहलह धान फल्ने खेत बगरमा परिणत हुँदा किसान गहिरो चिन्तामा छन् । फापरखेतका पुरुषोत्तम गौतमले झेतुङमा रहेको आफ्नो १८ मुरी धान फल्ने खेत बाढीले बगाएको बताए । 

“नामोनिसान नरहने गरी खेत सबै बाढीले लग्यो, बाउबाजेले आर्जेको खेत बगर पल्टँदा मन भारी भएको छ”, उनले भने, “खेतकै उब्जनीले घरपरिवार धानिन्थ्यो, यसपालि प्रकृतिले हामीलाई ठग्यो, हाम्रो आवाज खै कसले सुन्छ ?” 

टिमुरबोटका टेकराज शर्माको पीडा पनि उस्तै छ । उनको १२ मुरी धान फल्ने चार रोपनी खेत बाढीले कटान गरेको छ । “धाने पाकेर घर भित्र्याउने बेलामा भएको खेत पनि सबै बाढीले बगायो”, उनले भने, “दुःख गरेर जोडेको खेत सबै सकियो, राज्यले क्षतिपूर्तिको व्यवस्था गर्न सके हामीलाई केही राहत हुने थियो ।” उनले आफूजस्तै धेरै छिमेकीहरू बाढीको मारमा परेको बताए । 

गत शनिबार रातिको भारी वर्षापछि दरमखोलामा आएको बाढीले तटीय क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । बाढीले उक्त वडामा केही घरगोठसमेत बगाएको गलकोट–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए। उनका अनुसार बाढीले टिमुरबोट, ब्राहमुरी, झेतुङ, सयमुरीलगायत ठाउँमा खेत कटान गरेको हो । “बाह्रमुरीमा रहेको मेरो आफ्नै १० मुरी धान फल्ने खेतमा पनि अहिले खोला हिँडेको छ”, उनले भने, “यस वडाका धेरै किसानको मुख्य उब्जाउ क्षेत्र बाढीले बगाएको छ ।”

मुख्य खाद्यबाली धान भित्र्याउने बेलामा आएको बाढीले खेत नै बगाएपछि किसान पीडामा रहेको वडाध्यक्ष थापाले बताए । राम्रो बाली लाग्ने उब्जाउ जमिन नासिँदा गाउँको कृषि प्रणालीमा नकारात्मक प्रभाव पर्ने देखिएको उनले उल्लेख गरे । 

बाढीबाट पुगेको क्षतिको विवरण संकलन गरेर प्रभावित किसानलाई राहत उपलब्ध गराउन वडा कार्यालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको थापाको भनाइ छ । बाढीबाट प्रभावित १३५ परिवारमध्ये सबैभन्दा धेरैको खेत कटान गरेको उनले बताए ।

गलकोट-३ मा पनि करिब २० रोपनी खेतमा बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष फम खत्रीले बताए। गलकोटमा मानवीय क्षति नभए पनि व्यक्ति र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको उनको भनाइ छ । 

नगरप्रमुख भरत शर्मा गैरेले दरमखोलाले गलकोटका वडा नं ३, ५, ६, ८, ९ लगायत वडामा खेत कटान गरेको जानकारी दिए। उनले धानखेत कटान भएका किसानलाई एक रोपनी बराबरको रु चार हजार राहत दिने निर्णय भएको बताए । 

“बाढीले धानबालीमा पुर्‍याएको क्षतिका लागि किसानलाई चार हजारदेखि बढीमा १६ हजारसम्म क्षतिपूर्ति दिँदैछौँ”, उनले भने, “नगरपालिकाका तर्फबाट बाढी प्रभावितलाई तत्कालका लागि राहत व्यवस्था गरेका छौँ, पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाउँछौँ ।” क्षतिको एकिन विवरण संकलन गर्ने काम भइरहेको उनको भनाइ छ । 

प्रारम्भिक विवरणअनुसार बाढीपहिरामा कारण नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ । ‘रिसोर्ट’लगायत व्यावसायिक संरचनामा पनि क्षति पुगेको प्रमुख गैरेले बताए । “खेतसँगै कृषि फार्म, पशुपालन व्यवसायमा पनि बाढीले क्षति पुर्‍याएको छ”, उनले भने, “उहाँहरुका लागि राहत र क्षतिपूर्तिका लागि निरन्तर पहल भइरहेको छ”, उनले भने ।

यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षासँगै निम्तिएका बाढीपहिराका घटनाबाट गलकोटसहित जिल्लाका अधिकांश स्थानीय तह प्रभावित बनेका छन् । पहिरामा परी जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति पुगेको छ ।  

0 Comments