१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण, वृद्ध आमाले भनिन्- ‘तपाईं मेरो सातौँ छोरो’

अ अ+ अ-

काठमाडौँ । जाजरकोट जिल्ला अस्पतालमा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा एकै दिन २ हजार १५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा बुधवार सञ्चालित शिविरमा महिला, बालबालिका तथा वृद्ध वृद्धासहित ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए ।

 शिविरमा १६५ जनाको ईसीजी, ३९८ जनाको भिडियो एक्सरे, १८३ जनाको प्रयोगशाला परीक्षण र १२९ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, २९ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका १६२ जनालाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको आयोजकले जनाएको छ । 

शिविरमा नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्मा स्वयं बिरामीको स्वास्थ्य अवस्था बुझ्न र सेवाग्राहीसँग कुराकानी गर्न खटिएका थिए। यस क्रममा स्वास्थ्य परीक्षणका लागि दुई दिन लगाएर १८ कोस टाढाबाट आएकी एक वृद्ध आमाले डा। शर्मालाई आफ्नै छोरासरह मानेर आशीर्वाद दिइन् ।

उनले डा. शर्माको हात समाउँदै भनिन्, ‘तपाईंजस्तो मनकारी डाक्टर मैले नेपालभरिमै देखेको छैन । मेरा ६ छोरा छन्, अब तपाईंलाई थपेर सात छोरा बनाएँ । तपाईंलाई केही अप्ठ्यारो परे मेरा ६ छोरा पठाउँछु ।’

उनको आत्मीय अभिव्यक्तिले शिविरको वातावरण भावुक बनेको थियो । लामो दूरी पार गरेर स्वास्थ्य सेवा लिन आएका स्थानीयले डा. शर्माप्रति देखाएको विश्वास र सद्भावले शिविरमा विशेष माहोल सिर्जना गरेको थियो । शिविरमा सहभागी महिलाहरूले डा. शर्मालाई कटुस उपहारसमेत दिएका थिए । कटुस उपहार दिने महिलामध्ये एक जना २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा ज्यान गुमाएका नवराज विकसहित ६ जनामध्ये एकका परिवारकी सदस्य रहेको जनाइएको छ । जाजरकोट पुग्नुभएका डा। शर्माले स्थानीय काँग्रेसका नेता–कार्यकर्ता तथा समाजका अगुवाहरूसँग पनि भेटघाट र छलफल गरे । 

कर्णालीका दुर्गम बस्तीमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले फाउण्डेसन र केएमसीले विभिन्न जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

अभियानअन्तर्गत मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिनेछ । रिफर भएका बिरामीको प्रत्यारोपण तथा ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया नि:शुल्क गरिने व्यवस्था गरिएको छ । तर औषधिको खर्च भने बिरामी आफैँले व्यहोर्नुपर्नेछ । दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट कर्णालीका विभिन्न जिल्लाका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । 

0 Comments