१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्टको अल-अलामेनमा अफ्रिकी व्यापार मञ्च शुरु: आर्थिक एकीकरण र लगानीमा जोड

अ अ+ अ-

इजिप्ट । इजिप्टको तटीय शहर अल–अलामेनमा पहिलो पटक ‘अल–अलामेन अफ्रिका फोरम’ शुक्रवार औपचारिक रूपमा शुरु भएको छ । महादेशभरका झन्डै १,५०० व्यावसायिक नेतृत्वकर्ताहरूलाई एकै थलोमा भेला गराएर व्यापार, लगानी र आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित यो मञ्चको आयोजना गरिएको हो । अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने यस मञ्चको सह–आयोजना इजिप्ट सरकार, अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंक र अफ्रिकन युनियन डेभलपमेन्ट एजेन्सीले संयुक्त रूपमा गरेका छन् ।

 अफ्रिकी महादेशमा आर्थिक एकीकरणको गति बढाउन र निजी क्षेत्रको भुमिकालाई सुदृढ पार्न फोरमले मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै इजिप्टका योजना तथा आर्थिक विकास मन्त्री अहमद रोस्तमले अफ्रिका इजिप्टको ‘उच्च रणनीतिक प्राथमिकता’ मा रहेको उल्लेख गरे । 

 उनले अफ्रिकालाई केवल निर्यातको बजारका रूपमा मात्र नभई एउटा एकीकृत आर्थिक प्रणालीका रूपमा हेर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री रोस्तमले इजिप्ट र अन्य अफ्रिकी मुलुकका उद्यमीबीच ‘सह–नवाचार’ मोडलमा सहकार्य गर्न प्रस्ताव गरेका छन्, जसले प्रविधि आदानप्रदान र क्षेत्रीय मूल्य श्रृंखला निर्माणमा सघाउ पुर्‍याउनेछ ।

 फोरममा अफ्रिकी कन्टिनेन्टल फ्री ट्रेड एरियाअन्तर्गत लगानी आकर्षित गर्न ‘पेसेन्ट क्यापिटल’ र भेन्चर क्यापिटलको बढ्दो भुमिकाबारे पनि गहन छलफल भइरहेको छ । इजिप्टले आफूलाई अफ्रिकी स्टार्टअपहरूका लागि विश्वव्यापी बजार प्रवेश गर्ने ढोका वा ‘लन्चप्याड’ का रूपमा उभ्याउने रणनीति लिएको छ । द्विवार्षिक रूपमा आयोजना हुने गरी शुरु गरिएको यस मञ्चले अफ्रिकाको व्यावसायिक भविष्यमा इजिप्टको भुमिकालाई थप परिष्कृत गर्ने विश्लेषकहरूको भनाइ छ । 

0 Comments