सुर्खेत। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सुर्खेत पुगेका छन् ।
मन्त्री पोखरेल आज (आइतबार) सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा आयोजनासँग सम्बन्धित विषयमा केन्द्रित उक्त कार्यक्रममा उनको सहभागिता रहने जनाइएको छ।
सुर्खेत पुग्ने क्रममा मन्त्री पोखरेलले स्थानीयसँग संवादसमेत गरेका थिए ।



