१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सत्ता बनाउने र ढाल्ने खेलले जनतामा असन्तुष्टि बढायो’ : डा. बाबुराम भट्टराई

अ अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा अल्झिँदा आर्थिक रूपान्तरण ओझेलमा परेको र जनतामा असन्तुष्टि बढेको बताएका छन्। नागरिकको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउनुको सट्टा नेतृत्वले आफ्नै कमजोरी स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रपछि पनि नागरिकलाई देशभित्रै रोजगारी, अवसर र समृद्धिको विश्वास दिलाउन नसकिएको बताएका छन्।

‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ । त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो,’ उनले भनेका छन्।

जनताको जीवनस्तर सुधार्न नसक्नु राजनीतिक नेतृत्वको साझा कमजोरी भएको उल्लेख गर्दै उनले अरूलाई दोष दिने प्रवृत्ति त्यागेर दलहरूले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

विकास योजनामा सहमति, कार्यान्वयनमा प्रतिस्पर्धा
भट्टराईले आगामी १० देखि २० वर्षमा नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय विकास खाका तयार गर्न प्रस्ताव गरेका छन्। विकासका लक्ष्यमा दलहरूबीच सहमति गरेर तिनको प्रभावकारी कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ।

‘अब आगामी १०–२० वर्षमा नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना बनाऔँ । सबै राजनीतिक दलबीच सहमति गरौँ र कसले राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा प्रतिस्पर्धा गरौँ,’ उनले भनेका छन्।

दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र चीनको आर्थिक प्रगतिको उदाहरण दिँदै उनले नेपालले पनि दीर्घकालीन योजना बनाएर राष्ट्र निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह
भट्टराईले आफ्नो पुस्ताका नेताहरूलाई नयाँ पुस्तामाथि विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्। नयाँ पुस्ताले देखाएको हिम्मत र अग्रसरता स्वागतयोग्य रहेको उनको भनाइ छ।

‘म विशेष गरी मेरो पुस्तालाई आग्रह गर्न चाहन्छु, अब नयाँ पुस्तालाई विश्वास गरौँ, नेतृत्व हस्तान्तरण गरौँ र उनीहरूलाई अघि बढ्ने अवसर दिऔँ,’ उनले भनेका छन्।

उनले काँग्रेसभित्र पनि सार्थक पुस्तान्तरण र वैचारिक स्पष्टता आवश्यक रहेको बताएका छन्। नयाँ पुस्ता र नयाँ विचारलाई स्थान दिँदै एकताबद्ध रूपमा अघि बढ्न काँग्रेसलाई शुभकामना दिँदै उनले सत्ताको दुष्चक्रबाट पाठ सिकेर राष्ट्र निर्माणमा केन्द्रित हुन सबै राजनीतिक शक्तिलाई आह्वान गरेका छन्।

0 Comments