काठमाडौँ। प्रहरीले कीर्तिपुर नगरपालिका-१ ट्याङलाफाँटबाट २५.१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट डिजिटल तराजु, चार थान मोबाइल र ७१ हजार रुपैयाँ नगदसमेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
लागुऔषध ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले असोज १६ गते साँझ करिब ५ बजे जाँच गर्दा उक्त पदार्थ र सामग्री फेला पारेको हो।
पक्राउ पर्नेमा बझाङको छबिस पाथिभारा-१ घर भई कीर्तिपुरको ट्याङलाफाँट बस्ने २७ वर्षीय विवेक भण्डारी, मोरङको ग्रामथान गाउँपालिका-७ घर भई ललितपुरको सानेपा बस्ने २७ वर्षीय मोहन बस्नेत र डोटीको सायल गाउँपालिका-२ घर भई काठमाडौँको नैकाप बस्ने २८ वर्षीय मनोज सिंह छन्।
त्यस्तै, कञ्चनपुरको भीमदत्त-६ घर भई कीर्तिपुर नगरपालिका-२ बस्ने अनिल चन्द पनि पक्राउ परेका छन्।
पक्राउ परेका चारै जनामाथि लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ।



